दार्चुला । दार्चुलाको उकु महलमा धरमपानी युवा समाजको आयोजनामा वडा नं. ७ स्तरीय पहिलो खुला क्रिकेट प्रतियोगिता हुने भएको छ।
विजयादशमीको अवसरमा कार्तिक १ गतेदेखि ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रत्येक टिममा ९ खेलाडी रहनेछन् भने खेल ८ ओभरको खेलाइनेछ।
प्रतियोगिताको विजेता टिमले २१ हजार १११ रुपैयाँ र उपविजेता टिमले ६ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगितामा सहभागी हुनका लागि आयोजकले ४ हजार ५५५ रुपैयाँ प्रवेश शुल्क निर्धारण गरेको छ।
स्थानीय युवाको खेल प्रतिभा पहिचान गर्ने, युवालाई खेलकुदप्रति आकर्षित गर्ने तथा उकु महल क्षेत्रमा क्रिकेट खेलको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको धरमपानी युवा समाजले जनाएको छ।





