आफूविरुद्धको अडियो एआई निर्मित र झुटो भएको सांसद सुनारको दाबी

प्रकाशित मिति:
spot_img

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले एक महिलालाई धम्क्याएको र ब्ल्याकमेलिङ गरेको भनी सार्वजनिक भएको अडियो सामग्री झुटो र एआई प्रविधि प्रयोग गरी बनाइएको दाबी गरेका छन्।

मङ्गलबार एक भिडियो सन्देश जारी गर्दै सांसद सुनारले आफूमाथि लगाइएका सबै आरोप निराधार रहेको बताएका छन्। उनले भनेका छन्, “आजसम्म सार्वजनिक भएका सबै आरोप झुटा हुन्। एआईलगायत प्रविधिको प्रयोग गरेर बनाइएका प्रचार हुन्।” आफूले प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाएका कारण सुनियोजित रूपमा निशाना बनाइएको उनको जिकिर छ। सांसद सुनारले उक्त अडियो र आरोपको सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारसँग मागसमेत गरेका छन्।

spot_img

ताजा समाचार