खगेन्द्र सुनारको हिंसामा परेका आमा र बच्चालाई उद्धार गरी सुरक्षा दिन रामकुमारीको माग

प्रकाशित मिति:
spot_img

काठमाडौं । नेकपा (एमाले) की नेतृ एवं राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार जोडिएको अडियो प्रकरणमा मुछिएका आमा र नाबालक बच्चालाई तत्काल उद्धार गरी सुरक्षा प्रबन्ध गर्न सरकार र नेपाल प्रहरीसँग माग गरेकी छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेतृ झाँक्रीले सार्वजनिक अडियोमा महिला र नाबालक बच्चामाथि अश्लील गालीगलौज तथा ज्यान मार्ने धम्की दिइएको विषयले आफू स्तब्ध भएको उल्लेख गरेकी छन्। अडियो सामग्री अत्यन्तै बीभत्स र सुन्नै नसकिने खालको रहेको भन्दै उनले दुई व्यक्तिको सम्बन्धको विषयमा निर्दोष बच्चालाई समेत निशाना बनाइनु अक्षम्य हिंसा भएको बताएकी छन्।

अपराधीमाथि कारबाही प्रक्रिया अघि बढाउनुभन्दा पहिले पीडितहरूको जीवन रक्षा मुख्य प्राथमिकता हुनुपर्ने उनको भनाइ छ। कुनै पनि अप्रिय घटना हुनुअगावै नेपाल प्रहरीले गम्भीरता देखाउँदै आमा र बच्चाको तत्काल उद्धार (रेस्क्यु) गर्नुपर्ने र त्यसपछि घटनामा संलग्न व्यक्तिमाथि निष्पक्ष अनुसन्धान गरी कडा कानुनी कारबाही गरिनुपर्ने झाँक्रीले माग गरेकी छन्। यस विषयमा उनले रास्वपा सभापति रवि लामिछानेको समेत ध्यानाकर्षण गराएकी छन्।

spot_img

ताजा समाचार