सामुदायिक विद्यालयप्रति आकर्षण बढाउन सरकारको अग्रसरता

प्रकाशित मिति:
spot_img

काठमाडौं । विद्यार्थी तथा अभिभावकको बढ्दो आकर्षणलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ सरकारले सामुदायिक विद्यालयको पूर्वाधार विकास योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक संरचना विस्तार थालिएको हो।

शिक्षा क्षेत्रको रूपान्तरणका लागि चालु आर्थिक वर्षमा ती विद्यालयको संरचना सुदृढीकरणका लागि कुल छ अर्ब ५४ करोड रुपियाँ बजेट विनियोजन गरिएको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्। मन्त्री पोखरेलका अनुसार पहिलो चरणमा ८९ वटा विद्यालयका लागि पाँच अर्ब ३४ करोड रुपियाँ निकासा भइसकेको छ।

निकासा भएको रकमबाट प्रतिविद्यालय करिब छ करोड रुपियाँको लागतमा अत्याधुनिक १२ कोठे तीनतले भवन निर्माण गरिनेछ। जसमा आधुनिक कक्षाकोठा, व्यवस्थित प्रयोगशाला र समृद्ध पुस्तकालय रहनेछन्। विद्यालयहरूबीच विद्यार्थी सङ्ख्यामा देखिएको असमानता चिर्न ठूला विद्यालयबाट पूर्वाधार सुधार सुरु गरिएको बताउँदै मन्त्री पोखरेलले आगामी दिनमा देशभरका सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र पूर्वाधार समान रूपमा सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

spot_img

ताजा समाचार