भारतीय अभिनेता इमरान खानलाई भारत छोड्न निर्देशन

प्रकाशित मिति:
spot_img

काठमाडौं । भारतीय अभिनेता इमरान खानलाई आगामी अक्टोबर २८ भित्र भारत छाड्न निर्देशन दिइएको छ। नयाँ दिल्लीस्थित विदेशी क्षेत्रीय दर्ता कार्यालय (एफआरआरओ) ले उनलाई देश छाड्न औपचारिक सूचना जारी गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अभिनेता आमिर खानका भान्जासमेत रहेका इमरानमाथि प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध मुम्बईको अगस्ट क्रान्ति मैदानमा आयोजित राजनीतिक आन्दोलनमा सहभागी भएर विदेशीसम्बन्धी कानुन उल्लङ्घन गरेको आरोप लागेको छ। अमेरिकी नागरिकता तथा भारतको ‘ओभरसिज सिटिजन अफ इन्डिया’ (ओसीआई) कार्डवाहक रहेका उनलाई आन्दोलनस्थलबाटै नियन्त्रणमा लिई प्रहरीले एफआईआर दर्ता गरेको थियो। विदेशी नागरिक भएर सरकारविरोधी प्रदर्शनमा संलग्न भएको ठहर गर्दै प्रशासनले उनलाई भारत छाड्न समयसीमा तोकेको हो।

ताजा समाचार