भोलिदेखि सरकारी कार्यालयको समय परिवर्तन, बिहान ९ देखि अपराह्न ४ बजेसम्म खुल्ने

प्रकाशित मिति:
spot_img

काठमाडौं । सरकारले जाडोयामको समयतालिका अनुसार भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयहरूको समय परिवर्तन गरेको छ। नयाँ तालिका अनुसार कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म कायम गरिएको हो।

नेपाल राजपत्रमा यसअघि नै प्रकाशित गृह मन्त्रालयको सूचना अनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा यो समय लागू हुनेछ। शैक्षिक संस्थाबाहेकका निकायमा बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्मको समय निर्धारण गरिएको छ। यसअघि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुँदै आएका थिए। जाडोयाम सुरु भएसँगै दिन छोटो हुने भएकाले सरकारले कार्यालय समय एक घण्टा घटाएको हो।

spot_img

ताजा समाचार