एनपीएलमा आज दुई खेल हुँदै, विराटनगरसँग जनकपुर र लुम्बिनीसँग पोखरा भिड्दै

प्रकाशित मिति:
spot_img

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई खेल सञ्चालन हुँदै छन्। पहिलो खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्स तथा दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स आमनेसामने हुन लागेका हुन्।

दिउँसो १२ः३० बजे सुरु हुने पहिलो प्रतिस्पर्धामा विराटनगर र जनकपुरबिच रोचक भिडन्त हुनेछ। जारी लिगमा तीन खेल खेलिसकेको विराटनगरले एक जित र दुई हारको नतिजा निकालेको छ। चितवन राइनोज र कर्णाली याक्ससँग पराजित भएको विराटनगरले सुदूरपश्चिम रोयल्समाथि भने जित हात पारेको थियो। अर्कोतर्फ, जनकपुर बोल्ट्सले तीन खेलमध्ये दुई खेलमा जित र एकमा हार व्यहोरेको छ। पहिलो खेलमा कर्णालीसँग पराजित जनकपुरले त्यसपछिका खेलमा काठमाडौँ गोर्खाज र पोखरा एभेन्जर्सलाई हराएको थियो।

यसैगरी, दिउँसो ४ः३० बजे हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धामा उत्रने छन्। दुई खेल खेलेको लुम्बिनी अपराजित छ। पहिलो खेलमा सुदूरपश्चिमलाई हराएको लुम्बिनीले दोस्रो खेल वर्षाका कारण रद्द भएपछि चितवनसँग अङ्क बाँडेको थियो। लिगमा पहिलो जितको खोजीमा रहेको पोखरा एभेन्जर्सले भने आफ्ना सुरुआती दुवै खेल गुमाएको छ। पोखरा पहिलो खेलमा सुदूरपश्चिम र दोस्रो खेलमा जनकपुरसँग पराजित भएको थियो।

spot_img

ताजा समाचार