छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा

प्रकाशित मिति:
spot_img

काठमाडौं । नेपाल सरकारले छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले एक सूचना जारी गर्दै कात्तिक ३० गते सोमबार देशभर सार्वजनिक बिदा दिने जनाएको हो। वि.सं. २०८३ कात्तिक २९ गते आइतबार छठ पर्वका अवसरमा सरकारले यसअघि नै सार्वजनिक बिदा दिइसकेको छ।

छठ पर्वमा अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत समापन गर्ने परम्परा रहेकाले सोही परम्परालाई मध्यनजर गर्दै भोलिपल्टसमेत बिदा दिइएको मन्त्रालयले स्पष्ट पारेको छ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनामा सोमबारसमेत सार्वजनिक बिदा दिइएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिएको छ।

spot_img

ताजा समाचार