काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । सामान्य घरायसी विवादका क्रममा ४२ वर्षीय मनोज कार्कीले ४० वर्षीया श्रीमती सानु कुमारी कार्कीको टाउकोमा लोहोरो प्रहार गर्दा उनको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मङ्सिर १ गते राति करिब १ बजेतिर उक्त घटना भएको हो । घटनाबारे राति १ बजेर १५ मिनेटमा जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भिमान र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो ।
घटनामा संलग्न आरोपित श्रीमान् मनोज कार्कीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।






