एनपिएलको पहिलो क्वालिफायरमा आज सुदूरपश्चिम र लुम्बिनी भिड्दै

प्रकाशित मिति:
spot_img

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल क्रिकेटको पहिलो क्वालिफायर खेलमा आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा खेल अपराह्न पाँच बजे सुरु हुनेछ।

आजको विजेता टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टोलीले फाइनल पुग्न एलिमिनेटरको विजेतासँग खेल्नुपर्नेछ। गत संस्करणको फाइनल र जारी संस्करणको पहिलो खेलमा समेत सुदूरपश्चिमलाई हराएको लुम्बिनी आज पनि सोही नतिजा दोहोर्‍याउँदै दोस्रोपटक फाइनल पुग्ने योजनामा छ।

यता, दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम लुम्बिनीसँगको पछिल्लो दुई हारको बदला लिँदै लगातार तेस्रोपटक फाइनलमा स्थान बनाउने लक्ष्यसहित मैदान उत्रँदैछ।

spot_img

ताजा समाचार