कर दिवसमा उत्कृष्ट करदातासहित भाटभटेनी सम्मानित

प्रकाशित मिति:
spot_img

काठमाडौं । राष्ट्रिय कर दिवसका अवसरमा सरकारले विभिन्न विधाका उत्कृष्ट करदातासहित भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान गरेको छ । काठमाडौँमा आयोजित विशेष समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्कृष्ट करदाताहरूलाई सम्मान गरेका हुन् ।

सो अवसरमा प्रतिकूल परिस्थितिका बाबजुद निरन्तर व्यवसाय सञ्चालन गर्दै राज्यको राजस्वमा महत्त्वपूर्ण योगदान पुर्‍याएको र रोजगारी सिर्जना गरेको भन्दै भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान प्रदान गरिएको हो । व्यवसाय सञ्चालनका क्रममा विभिन्न चुनौती र प्रतिकूलता आए पनि निरन्तर सेवा प्रवाह, राजस्व सङ्कलन र रोजगारी संरक्षणमा पुर्‍याएको भूमिकाको उच्च कदर गर्दै सरकारले विशेष सम्मान गरेको जनाइएको छ ।

हरेक वर्ष मङ्सिर १ गते मनाइने राष्ट्रिय कर दिवसका अवसरमा सरकारले विभिन्न विधामा सर्वाधिक कर तिर्ने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गर्दै आएको छ ।

spot_img

ताजा समाचार