कञ्चनपुर र कैलालीबाट लागूऔषध खैरो हेरोइनसहित पाँच जना पक्राउ

प्रकाशित मिति:
spot_img

कञ्चनपुर । कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइनसहित पाँच जना पक्राउ परेका छन्।

हिजो सोमबार दिउँसो कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर छ चानदेव खोल्टीपुरबाट उन्नाइस ग्राम छ सय असी मिलिग्राम खैरो हेरोइनसहित भीमदत्त नगरपालिका अठारका पच्चीस वर्षीय नरेन्द्र डगौरा र पच्चीस वर्षकै डेभिट चौधरी पक्राउ परेका हुन्।

यस्तै, लालझाडी छ चानदेवकै बेलडाँडी सडक खण्डबाट छ ग्राम छ सय असी मिलिग्राम खैरो हेरोइनसहित कृष्णपुर नगरपालिका दुई बंकका छब्बीस वर्षीय दिपक कठायत र तेइस वर्षीय दिपश्री पाल पक्राउ परेका छन्।

यसैगरी, कैलालीको भजनी नगरपालिका तीन सरदार चोकबाट नौ सय बीस मिलिग्राम ब्राउनसुगरसहित लम्कीचुहा नगरपालिका पाँचका बत्तीस वर्षीय प्रकाश शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। लागूऔषध नियन्त्रण ब्युरो धनगढी र स्थानीय प्रहरीको संयुक्त टोलीले तीनवटै मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।

spot_img

ताजा समाचार