लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मङ्सिर ९ देखि सुरु हुने

प्रकाशित मिति:
spot_img

काठमाडौं । लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि, पीडितको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्ने उद्देश्यले यस वर्ष पनि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन हुने भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने यो अन्तर्राष्ट्रिय अभियान यस वर्ष सन् २०२६ नोभेम्बर २५ देखि डिसेम्बर १० अर्थात् वि.सं. २०८३ मङ्सिर ९ देखि २४ गतेसम्म सञ्चालन हुन लागेको हो ।

अभियानका लागि यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘युनाइट टु इन्ड भायोलेन्स अगेन्स्ट वुमन एन्ड गर्ल्स : इन्स्योर जस्टिस, प्रोटेक्ट सर्भाइभर्स, इन्ड इम्प्युनिटी’ (महिला तथा बालिकाविरुद्ध हुने हिंसा अन्त्यका लागि एकजुट हुँदै न्याय सुनिश्चित गर्ने, पीडितको संरक्षण गर्ने र दण्डहीनताको अन्त्य गर्ने) तय गरिएको छ । त्यसैगरी, नेपालमा यस वर्षको राष्ट्रिय नारा ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ निर्धारण गरिएको छ ।

महिला तथा बालिकामाथि हुने सबै प्रकारका लैङ्गिक हिंसाविरुद्ध सामूहिक प्रतिबद्धता र ऐक्यबद्धता अभिवृद्धि गर्ने लक्ष्य राखेको यस अभियानले हिंसापीडित तथा प्रभावितको सुरक्षा, सम्मान र न्याय सुनिश्चित गर्ने विषयलाई प्राथमिकतामा राखेको छ ।

अभियानका क्रममा जनचेतना फैलाउने, पीडितको संरक्षण गर्ने तथा दण्डहीनताको अन्त्य गरी न्यायमा पहुँच स्थापित गर्न राज्यका निकाय, नागरिक समाज, समुदाय र सरोकारवाला सबैको साझा प्रयास र सक्रिय सहभागितामा जोड दिइने जनाइएको छ ।

spot_img

ताजा समाचार