अत्यधिक रक्तस्राव भएपछि सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार

प्रकाशित मिति:
spot_img

काठमाडौं । अत्यधिक रक्तस्राव भएपछि अछामकी एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

जिल्ला अस्पताल अछाममा उपचाररत मङ्गलसेन नगरपालिका वडा नम्बर चार की छब्बीस वर्षीया खिमा बुढालाई आज दिउँसो दुई बजे हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको अछामका प्रमुख जिल्ला अधिकारी टीकाराम ढकालले जानकारी दिए।

गत कात्तिक उनन्तीस गते जिल्ला अस्पताल अछाममा सामान्य अवस्थामा सुत्केरी भएकी बुढा डिस्चार्ज भएर घर फर्किएपछि अत्यधिक रक्तस्राव भएको परिवारले जनाएको छ। श्वासप्रश्वासमा समेत समस्या देखिएपछि पुनः अस्पताल भर्ना गरिएकी उनको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि हेलिकप्टरमार्फत सुर्खेत पठाइएको हो।

spot_img

ताजा समाचार