भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका २६ जनाको परिवारलाई जनही २ लाख राहत दिइने

प्रकाशित मिति:
spot_img

काठमाडौं । भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका कञ्चनपुरका २६ जनाका परिवारलाई जनही २ लाख रुपैयाँ राहत उपलब्ध गराइने भएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पीडित परिवारलाई तत्काल राहतस्वरूप उक्त रकम दिने निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले जानकारी दिए।

पछि शोधभर्ना हुने गरी सम्बन्धित पालिकामार्फत राहत उपलब्ध गराउन भनिसकिएको र प्राधिकरणसँग कुल ५२ लाख रुपैयाँ माग गरिएको उनले बताए।
बाढीमा परी बेपत्ता हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका ८, शुक्लाफाँटाका ६, कृष्णपुरका ५, बेदकोट र बेलौरीका ३–३ तथा लालझाडी गाउँपालिकाका १ जना रहेका छन्।

spot_img

ताजा समाचार