पक्राउ पुर्जी जारी भएका पूर्वमुख्यसचिव एकनारायण अर्याल ‘देशबाहिर’

प्रकाशित मिति:
spot_img

काठमाडौं । रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकमाथि ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएका पूर्वमुख्यसचिव एकनारायण अर्याल फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ पुर्जीका आधारमा खोजी गर्दा उनी फरार भएका हुन् ।

सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपमशमशेर जबराले प्रहरी टोलीले अर्यालको खोजी गरिरहेको र उनी भागेर देशबाहिर गएको सूचना प्राप्त भएको जानकारी दिए ।

वैदेशिक रोजगारीका नाममा मलेसिया जाने श्रमिकमाथि ठगी र त्यसबाट सङ्कलित रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा प्रहरीले बुधबार दुई पूर्वमन्त्रीसहित छ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव, तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुङ्गाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ रहेका छन् । उक्त निर्णय हुँदा पूर्वमुख्यसचिव अर्याल श्रम सचिवका रूपमा कार्यरत थिए ।

spot_img

ताजा समाचार