नेपाल–नर्वे जलवायु वित्त र हिमाली संरक्षण सहकार्यबारे छलफल

प्रकाशित मिति:
spot_img

काठमाडौं । टर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) का अवसरमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र नर्वेका जलवायु तथा वातावरणमन्त्री सिग्रुन ग्जेर्लो आस्लान्डबीच द्विपक्षीय भेटवार्ता भएको छ।

बिहीबार साँझ भएको भेटमा नेपाल–नर्वे कूटनीतिक सम्बन्ध, हिमाली क्षेत्रको संरक्षण, जलवायु वित्त र कार्बन व्यापारका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। सो अवसरमा मन्त्री चौधरीले नेपालको ऊर्जा विकास तथा भोटेकोसी–त्रिशूली बाढीपछिको प्रतिकार्यमा नर्वेले उपलब्ध गराएको स्वास्थ्य सामग्री र विपद् पूर्वतयारी उपकरण सहयोगप्रति आभार व्यक्त गरिन्।

जलवायु परिवर्तनका कारण हिमनदी तीव्र गतिमा पग्लिँदै गएको र बाढीपहिरोको जोखिम बढेको उल्लेख गर्दै उनले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताइन्। साथै, कोप–३१ को मस्यौदा निर्णयमा समेटिएको हिमाली क्षेत्रसम्बन्धी कार्ययोजना र स्थायी एजेन्डालाई अन्तिम निर्णयमा कायम राख्न नर्वेको समर्थनका लागि मन्त्री चौधरीले आग्रह गरिन्।

spot_img

ताजा समाचार