आज हरिबोधनी एकादशी, तुलसीको विवाह र विशेष पूजाआराधना गरी मनाइँदै

प्रकाशित मिति:
spot_img

काठमाडौं । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधनी एकादशी आज देशभर तुलसीको विवाह तथा भगवान् विष्णुको विशेष पूजाआराधना गरी मनाइँदै छ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु आज योगनिद्राबाट जाग्ने धार्मिक विश्वास रहेकाले यस दिनलाई देवउठनी एकादशी पनि भनिन्छ।

आषाढ शुक्ल एकादशीमा घरआँगनमा रोपिएको तुलसीको मठलाई आज गोबर र माटोले लिपपोत गरी वस्त्र तथा फूलमालाले सिँगारेर विष्णुको प्रतीक पिपलसँग विवाह गरिदिने परम्परा छ। व्रत बस्ने श्रद्धालुले आज फलाहारका रूपमा पिँडालु र सखरखण्ड ग्रहण गर्नुका साथै दिवङ्गत पितृको सम्झनामा खोलामा फूल तार्ने गर्छन्।

चतुर्मासभरि रोकिएका विवाह, व्रतबन्ध र गृहप्रवेशजस्ता माङ्गलिक कार्य पनि आजैदेखि पुनः सुरु हुन्छन्।

spot_img

ताजा समाचार