कञ्चनपुर । भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएको करिब एक लाख ६४ हजार १५० रुपियाँ मूल्य बराबरको सामान प्रहरीले कञ्चनपुरका विभिन्न स्थानबाट बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार मातहतका प्रहरी इकाइले बिहीबार (मङ्सिर ३ गते) उक्त परिमाणको अवैध सामान बरामद गरेका हुन्।
प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय गड्डाचौकीले एक थान साइकल र कस्मेटिकका सामान गरी एक लाख २१ हजार ५५० रुपियाँ बराबरको सामग्री बरामद गरेको छ। यसैगरी, अस्थायी प्रहरी पोष्ट झोलुङ्गेले टायर सिट र ओखर गरी २७ हजार ६०० रुपियाँ तथा इलाका प्रहरी कार्यालय दोधाराले चिनी, खाने तेल र प्लास्टिकको डोरी गरी १५ हजार रुपियाँ बराबरको सामान बरामद गरेको जनाएको छ। बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।






