बाजुरा । बाजुराको बुढीगङ्गा नगरपालिका–१०, सिगाडामा चितुवाको आक्रमणबाट दुई महिला घाइते भएका छन् । घाइते हुनेमा स्थानीय करिब ५५ वर्षीया खन्टी साउद र करिब ३५ वर्षीया वसु साउद रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता गगनसिंह भाटका अनुसार बिहीबार बिहान ९ः०० बजे स्थानीय घोडा धपाउनेस्थित घाँसे मेलामा घाँस काट्ने क्रममा चितुवाले उनीहरूमाथि आक्रमण गरेको हो । आक्रमणबाट दुवै जनाको हात र खुट्टामा चोट लागेको छ । घाइतेहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घटनालगत्तै प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी दुवै जनालाई थप उपचारका लागि अछामस्थित बयलपाटा प्रादेशिक अस्पताल पठाइएको प्रवक्ता भाटले जानकारी दिए ।






