महेन्द्रनगर २२ जेठ । सुदूरपश्चिम प्रदेश सरकारका पुर्व राज्यमन्त्री एंवम कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ का संसद प्रकाश रावलले महेन्द्रनगरमा बहुउद्देशीय कबल हल निर्माणका लागि प्रस्ताव गरेका छन् ।
![](https://deshpati.com/wp-content/uploads/2021/06/190746984_515538596248766_7989783875978825211_n-1024x769.jpg)
शनिबार कञ्चनपुर खेलकुद विकास समितिले सुदूरपश्चिम प्रदेश सरकारका नव नियुत्त मन्त्रीहरुलाई गरिएको स्वागत कार्यक्रम कार्यक्रममा उनले यस्तो प्रस्ताव गरेका हुन् । उनले कञ्चनपुरमा सुदूरपश्चिमकै जिल्लाहरु मध्येबाट बढी जमिन रहेको उल्लेख गदैँ त्यसलाई प्रयोग गरि समग्र खेलकुदको विकासका लागि बहुउद्देशीय कबल हल निर्माण गर्नुपर्नेमा जोड दिए ।
![](https://deshpati.com/wp-content/uploads/2021/06/192005080_147857197375369_1237249774577923350_n.jpg)
‘अहिले विभिन्न खेलकुदको छुट्टाछुटै हल तथा संरचना निर्माण भईरहेको छ, कतिपय भईसकेका छन् ।’ उनले भने ‘यो दिगो हुदैँन केही वर्षका लागि मात्रै हो तर दिग्र्घकालिन खेलकुदको विकासका लागि गुरु योजना बनाएर बहुउद्देशीय कबल हल निर्माण गर्नुपर्छ ।’ उनले अगाडी थपे ‘अहिले यसै क्षेत्रले जिम्मेवार मन्त्रालय पाएको छ, अगामी आर्थिक वर्षको बजेट र निति तथा कार्यक्रम बहुउद्देशीय कबल हलका लागि मैलै प्रस्ताव पनि गरेको छु ।’
![](https://deshpati.com/wp-content/uploads/2021/06/188650291_510762460101834_8579603556571595169_n-1024x769.jpg)
अहिले पुर्व राज्यमन्त्री रावलको पहल विभिन्न खेलकुदको पुर्वाधार निर्माण भईरहेका छन । त्यस्तै कार्यक्रममा नव नियुत्त सामाजिक विकासमन्त्री लाल बहादुर खड्काले खेलकुदको विकासका लागि आफुले काम गर्ने प्रतिवद्धता जनाए । उनले पुर्वराज्यमन्त्री रावलले राखेको बहुउद्देशीय कबल हल निर्माण कार्य अगामी आवको निति तथा कार्यक्रममा समेटिने बताए ।
उनले कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि अगामी आवको बजेट केन्द्रीत रहने बताउँदै अन्य क्षेत्रको विकासको सुरुवात थालिने बताए ।
![](https://deshpati.com/wp-content/uploads/2021/06/188103136_1121671818316351_4382607357173161095_n-1024x769.jpg)
त्यस्तै कृषी तथा सहकारी राज्यमन्त्री मान बहादुर सुनारले पनि खेलकुद क्षेत्रको विकासका लागि आफुहरु प्रतिवद्ध रहेको बताए । उनले कञ्चनपुरले जिम्मेवार मन्त्रालय पाएकोले यस क्षेत्रका काम गर्ने उत्कृष्ट मौका रहेको समेत उल्लेख गरे ।
त्यस्तै खेलकुद विकास समितिका अध्यक्ष ओम बस्नेतले खेलकुद पुर्वाधार निर्माणका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए । उनले आवश्यक योजना निर्माणका लागि समितिले पहल गर्ने उल्लेख गदैँ त्यसका लागि बजेट विनियोजनका लागि प्रदेश सरकार आग्रह समेत गरे ।