कञ्चनपुर खेलकुद विकास समितिद्धारा नवनियुत्त मन्त्रीहरुको स्वागत, खेलकुदका योजनाबारे छलफल

महेन्द्रनगर २२ जेठ । कञ्चनपुर खेलकुद विकास समितिद्धारा नवनियुत्त मन्त्रीलाई स्वागत गरिएको छ । शनिबार समितिले आफ्नै कार्यलयमा सुदूरपश्चिम प्रदेश सरकार नवनियुत्त सामाजिक मन्त्री लाल बहादुर खड्का र कृषी तथा सहकारीमन्त्री मान बहादुर सुनारलाई स्वागत गरेको हो ।

समितिका अध्यक्ष ओम बस्नेतले खेलकुद विकासका योजनाबारे छलफलसहित स्वागत गरिएको बताए । छलफलमा समिति र विभिन्न खेलका प्रशिक्षकहरुलाई वर्तमानका समस्या भावि योजनाको माग गरे । खेलकुद विकास समितिका अध्यक्ष बस्नेतले खेलकुद पुर्वाधार निर्माणका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए । उनले आवश्यक योजना निर्माणका लागि समितिले पहल गर्ने उल्लेख गदैँ त्यसका लागि बजेट विनियोजनका लागि प्रदेश सरकार आग्रह समेत गरे ।

त्यस्तै कञ्चनपुर खेलाडी उत्पादनमा उर्वरभुमीको रुपमा रहेको प्रशिक्षकको उचित सम्मान गर्नुपर्ने सरोकारवालाले आग्रह समेत गरेका छन् । भलिबल प्रशिक्षक जगदिश भट्टले १३ औँ दक्षिण एसियाली खेलकुदमा सहभागी भएर नेपाललाई पदक दिलाउन सलफ भएको सुदूरपश्चिममा प्रशिक्षकले प्रदेश सरकारले सम्मान दिन नसकेकोमा उनले गुनासो गरे ।

‘खेलकुदमा उपलब्धी हासिल गर्न प्रशिक्षकहरुको भुमीका महत्वपुर्ण रहन्छ, त्यसको उचित मुल्याङकन पनि गरिनु पर्छ ।’ उनले भने ‘प्रदेश सरकारबाट कम्तीमा पनि प्रशिक्षकहरुलाई सम्मानको व्यवस्था हुनुपर्छ, यसले खेलकुदको विकास सजह ढङ्गले अगाडी बढाउन मद्दत पुग्छ, राज्य पक्षले सम्मान दिदाँ प्रशिक्षकको मनोबल पनि उच्च हुन्छ ।’
त्यस्तै सुदूरपश्चिमका पहिलो ओलम्पीयन एंव्म बोक्सीङ प्रशिक्षक डम्बरदत्त भट्टले खेलकुदको पुर्वाधार निर्माणमा जोड दिुन पर्ने बताए । उनले राष्ट्रका लागि योगदान दिने खेलाडी र प्रतिक्षकको सरकारले उचित मुल्याङक गर्नु पर्नेमा जोड दिए ।


त्यस्तै कार्यक्रममा नव नियुत्त सामाजिक विकासमन्त्री लाल बहादुर खड्काले खेलकुदको विकासका लागि आफुले काम गर्ने प्रतिवद्धता जनाए । साथै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा खेलकुदमा योगदान गर्ने प्रशिक्षकलाई प्रदेश सरकारले सम्मान गर्ने प्रतिवघद्धता जनाउँदै अगामी आवको निति तथा कार्यक्रममा खेलकुद क्षेत्र प्राथमिकताका साथ समेटिने उल्लेख गरे । साथै नवनियुत्त मन्त्री लगायतको टोलिले कबड हलमा निर्माणाधिन संरचनाको निरिक्षण समेत गरेको छ ।

उनले कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि अगामी आवको बजेट केन्द्रीत रहने बताउँदै अन्य क्षेत्रको विकासको सुरुवात थालिने बताए । त्यस्तै कृषी तथा सहकारी राज्यमन्त्री मान बहादुर सुनारले पनि खेलकुद क्षेत्रको विकासका लागि आफुहरु प्रतिवद्ध रहेको बताए । उनले कञ्चनपुरले जिम्मेवार मन्त्रालय पाएकोले यस क्षेत्रका काम गर्ने उत्कृष्ट मौका रहेको समेत उल्लेख गरे ।

सुदूरपश्चिम प्रदेश सरकारका पुर्व राज्यमन्त्री एंवम कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ का संसद प्रकाश रावलले महेन्द्रनगरमा बहुउद्देशीय कबल हल निर्माणका लागि प्रस्ताव गरेका छन् । उनले कञ्चनपुरमा सुदूरपश्चिमकै जिल्लाहरु मध्येबाट बढी जमिन रहेको उल्लेख गदैँ त्यसलाई प्रयोग गरि समग्र खेलकुदको विकासका लागि बहुउद्देशीय कबल हल निर्माण गर्नुपर्नेमा जोड दिए ।
‘अहिले विभिन्न खेलकुदको छुट्टाछुटै हल तथा संरचना निर्माण भईरहेको छ, कतिपय भईसकेका छन् ।’ उनले भने ‘यो दिगो हुदैँन केही वर्षका लागि मात्रै हो तर दिग्र्घकालिन खेलकुदको विकासका लागि गुरु योजना बनाएर बहुउद्देशीय कबल हल निर्माण गर्नुपर्छ ।’ उनले अगाडी थपे ‘अहिले यसै क्षेत्रले जिम्मेवार मन्त्रालय पाएको छ, अगामी आर्थिक वर्षको बजेट र निति तथा कार्यक्रम बहुउद्देशीय कबल हलका लागि मैलै प्रस्ताव पनि गरेको छु ।’

साथै माछा पोखरीलाई तत्काल पुरेर त्यसलाई प्रयोगमा ल्याउन पनि उनले आग्रह गरे । अहिले पुर्व राज्यमन्त्री रावलको पहल विभिन्न खेलकुदको पुर्वाधार निर्माण भईरहेका छन ।

ताजा समाचार