वेदकोट नगरपालिकाका एक वडा सदस्य काठसहित पक्राउ

महेन्द्रनगर २७ जेठ ।
कञ्चनपुरको वेदकोट नगरपालिकाका एक वडा सदस्य काठसहित पक्राउ परेका छन् । वेदकोट नगरपालिका–१० का डम्बरदक्त भट्ट काठसहित पक्राउ परेका हुन् ।


बिहिबार दिउँसो शुक्लाफाँटा निकुञ्ज कार्यालयको टोलिले भट्टलाई काठसहित वेदकोट नगरपालिका–१० सिद्धनाथ टोलीस्थित उनकै घरबाट पक्राउ गरेको रेञ्जर धर्मजित साउँदले बताए । उनि वेदकोट नगरपालिका-१० का वडा समस्य समेत रहेको उनले बताए । उनका अनुसार घर नजिकैको नालामा तीन गोलियाँ काठ फेला परेको छ ।

सदस्य भट्टलाई निकुञ्ज कार्यालयलको नियन्त्रणमा राखिएको छ । साथै निकुञ्ज कार्यालयले काठ तस्करीबारे थप अनुसन्धान गरिरहेको रेञ्जर साउँदको भनाई छ ।

ताजा समाचार