अनाथ बालबालिकाको सारथी बन्यो अनेरास्ववियू, अनाथालयलाई खाद्यान्न सहयोग

महेन्द्रनगर ३१ जेठ ।
नेकपा एमाले निकट विद्यार्थी सगठन अनेरास्ववियूले कञ्चनपुरले बाल अनाथालयमा खाद्यान्न सहयोग गरेको छ । महामारीका बेला खाद्यान्न अभाव भएको बेलामा महाकाली समाज कल्याण कञ्चन बाल अनाथालयमा अनेरास्ववियूले खाद्यान्न सहयोग गरेको हो ।


सोमबार अनेरास्ववियूले अनाथालयमा खाद्यान्नका साथै स्वास्थ्य सुरक्षा समाग्री, फलफुल सहयोग गरेको अनेरास्ववियूका नेता तथा केन्दीय सदस्य कमल रोकाया बताए । उनका अनुसार महामारीका बेला खाद्य संकटमा रहेका अनाथ विद्यार्थीलाई अनेरास्ववियूका तर्फबाट चामल, तरकारी, नुन, तेल, मास्क, फललफुल एव चाउचाउ सहयोग गरिएको हो ।


‘लामो समयमदेखि लकडाउन थियो, ‘उनले भने, ‘अनाथालयमा समस्या भएको थाहा पाए आफ्नो संगठनका तर्फबाट सक्दो सहयोग गरेका छौँ ।’ अनेरास्ववियूका केन्दीय सदस्य रोकायाले महामारीका बेला गरिएको लकडाउनको समयमा विद्यार्थीको उद्दारदेखि सीमा क्षेत्रममा हेल्पडेस्क स्थापनासंगै खाद्यान्न समस्या भएका विद्यार्थीलाई सहयोग गरेको बताए । आगामी दिनमा समेत समस्यामा परेका विद्यार्थीलाई सहयोग गरिने विद्यार्थी नेता रोकायाले बताए ।


खाद्यान्न हस्तान्तण कार्यक्रममा अनेरास्ववियूका नेता रोकाया सहित केन्दीय सदस्य धर्मराज जोशी, महिन्द्र भट्ट, सरोज भण्डारी र कञ्चनपुरका नेता रविन नाथ सहितको सहभागिता रहेको थियो । अनेरास्ववियूका तर्फबाट खाद्यान्न सहयोग पाएपछि अनाथ बालबालिका हर्षित भएका छन ।

ताजा समाचार