भीमदत्तमा रोपाई गरेर मनाईयो धान दिवस

महेन्द्रनगर १५ असार ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले १८ औँ धान दिवस तथा रोपाई महोत्सव मनाएको छ । मंगलबार भीमदत्त नगरपालिका–१७ बाँसखेडामा रोपाई गरि धान दिवस मनाईएको हो । धान उत्पादनमा वृद्धिः सुरक्षा , आत्म निर्भरता र समृद्धि भन्ने मुल नाराका १८ औँ धान दिवस तथा रोपाई महोत्सव–२०७८ मनाईएको हो ।


भीमदत्त नगरपालिकाका आर्थिक विकास समितिका अध्यक्षको डम्बर बहादुर (डिके) कार्कीको अध्यक्षता आयोजना भएको रोपाई महोत्सवमा नगर प्रमुख सुरेन्द्र विष्ट प्रमुख अतिथि, विशिष्ठ अतिथिमा उप–प्रमुख सुशिला चन्द सिंह रहेका थिए । नगर प्रमुख, उप प्रमुख सहितका सहभागीले किसानसँगै धान रोपेर दिवस मनाएका हुन् ।
भीमदत्त नगरपालिकाको ८ हजार ७ सय ६० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।

नगरपालिकाका १० वडा वडामा धान सुपर जोन र अन्य वडामा पकेट कार्यक्रम पनि सञ्चालनमा रहेको छ । भीमदत्त नगरपालिकाका कृषी शाखा प्रमुख कृष्णदत्त पाण्डेले नगरपालिका खाद्यन्न उत्पादनमा आत्मनिर्भर रहेको बताए । उनका अनुसार नगरपालिका भरीमा ३० हजार छ सय ६० मेट्रिक टन धान उत्पादन हुने गरेकोमा १० हजार सात सय मेट्रिक टनमा नगरपालिकामा खपत हुने गरेको छ ।


उनका अनुसार नगरपालिकाले उन्नत विउविजन वितरण, कृषी यान्त्रीकरणमा जोड दिएका कृषी उत्पादनमा वृद्धि हुदैँ गएको छ । नगर प्रमुख सुरेन्द्र विष्टले कृषी क्षेत्रको विकास र यान्त्रीकरण कार्य नगरपालिकाको प्राथमिकतामा रहेको बताए । उनले नगरपालिकाले एक वडा एक उत्पादन, अनुदान, कृषी यान्त्रीकरण, विउबिजन वितरण लगायका कार्यक्रम सञ्चालन गरिरहेको बताए ।


त्यस्तै आर्थिक विकास समितिका अध्यक्ष डम्बर कार्कीले कृषी उत्पादन बढाउन यान्त्रीकरणमा जोड दिईने उल्लेख गरे ।

ताजा समाचार