भीमदत्त नगरपालिकाद्धारा निशुल्क ५० हजार बिरुवा वितरण कार्य सुरु

महेनन्द्रनगर २० असार ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाकाद्धारा निशुल्क बिरुवा वितरण कार्य सुरु गरिएको छ । आईतबार नगर प्रमुख सुरेन्द्र विष्ट र डिविजन वन कार्यालय कञ्चनपुरका प्रमुख अजय विक्रम मानन्धरले संयुक्त रुपमा पहिलो सेवाग्राहीलाई बिरुवा वितरण गरे ।
जिल्ला वन कार्यालयसँगको सहकार्यमा भीमदत्त नगरपालिकाले ५० हजार बिरुवा उत्पादन गरेको छ ।

नगरपालिकाले नर्सरीमार्फत बेर्ना तयार गरि उत्पादन भएका बिरुवा वितरण सुरु गरिएको नगरपालिकाका वातावरण अधिकृत गणेश ठगुन्नाले बताउनु भयो । उहाँका अनुसार नगरपालिकाले पर्यावरण र वातावरणको संरक्षण गर्ने उद्देश्यका साथ बिरुवा उत्पादन गरि वितरण गरिन लागिएको हो ।


नगरपालिकाको आर्थिक सहयोग र डिविजन वन कार्यालयको प्राविधिक सहयोगमा बेर्ना तयारी पारिएको वातावरण अधिकृत ठगुन्नाले भनाई छ । ‘नगरपालिकाले उत्पादन गरेको बेर्ना वितरण कार्य सुरु गरेका छौँ ।’ नगरपालिकाका वातावरण अधिकृत ठगुन्नाले भन्नुभयो ‘ नगरपालिकाले विभिन्न प्रजातिका मसला, सागवान, ईपिल, बकाईनो, सिसम, कल्सी लगायतको बिरुवा वितरण गरिरहेका छौँ ।’


२५ वटा बिरुवा लिन कुनै कागजात आवश्यक नपर्ने र २५ देखि १०० बिरुवाका लागि नागरिकताको प्रतिलिपी र जग्गाधनी प्रमाणपत्रको प्रतिलिपी आवश्यक पर्ने नगरपालिकाले जनाएको छ । त्यस्तै एक सय भन्दा बढी बिरुवाका लागि भने थप सम्बन्धीत वडा कार्यालयको सिफारिस समेत आवश्यक पर्नेछ ।


त्यस्तै संघ सस्थाका लागि बैठकको निणर्य र सरकारी कार्यालयको हकमा सम्बन्धी कार्यालयको पत्र आवश्यक पर्ने वातावरण अधिकृत ठगुन्नाले बताउनु भयो । नगरपालिको हरेक वर्ष विरुवा उत्पादन गरि नगरवासीलाई विरतण गदैँ आएको छ । नगर प्रमुख सुरेन्द्र विष्टले नगरपालिका क्षेत्रको हरियाली प्रवर्धन गर्ने र वातावरणलाई स्वच्छ राख्न बिरुवा वितरण कार्य सुरु गरिएको बताउनु भयो । उहाँले नगरपालिकाले विकाससँगसँगै पर्यावरणको सुरक्षालाई पनि केन्द्र भागमा राखेको बताउनु भयो । नगरपालिकाले स्वच्छ र सफा नगरको परिकल्पनासहित विभिन्न योजनामा काम गरिरहेको छ ।


‘वातावरण स्वच्छ रहे मात्रै मावन जातीको अतित्व रहन्छ ।’ नगर प्रमुख विष्टले भन्नु भयो ‘पछिल्लो समय बढ्दै गएको प्रदुषणले वातावरणको अवस्था नाजुक बन्दै गईरहेको छ, वातारण जोगाउनु सबै नागरिकको कर्तव्य पनि हो, त्यसैले वातावरण जोगाउन वृक्षारोपण, फोहोरमैलाको उचित व्यवस्थापन लगायतका कुरामा ध्यान दिन म सबैमा आग्रह गर्न चाहान्छु । ’

ताजा समाचार