भीमदत्तमा विउ प्रशोधन तथा भण्डार केन्द्र निर्माण कार्य अन्तिम चरणमा

महेन्द्रनगर २२ असार ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ निर्माणाधिन विउ प्रशोधन तथा भण्डार केन्द्रको काम अन्तिम चरणमा पुगेको छ । भीमदत्तको अनुदान सहयोगमा ग्रीन जोन प्रालिले निर्माण गरि रहेको विउ प्रशोधन तथा भण्डार केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको होे ।


विभिन्न प्रजातिका विउ विजनको प्रशोधन तथा भण्डार गर्नका लागि केन्द्रको निर्माण भईरहेको छ । मंगलबार भीमदत्त नगरपालिकाकी उप–प्रमुख शुसिला चन्द सिंहले केन्द्रको स्थलगत अनुगमन गरेकी छिन् ।

उनले जिल्लामा पहिलो पटक निर्माण भईरहेको केन्द्रको निर्माण कार्यबारे जानकारी लिएकी छिन् । ‘अहिले जिल्लामा विउ प्रशोधन तथा भण्डार केन्द्र छैन्, यसले एकातिर कृषी विकासमा समस्या परेको छ भने अर्कोतिर ठुलो बजेट बाहिर खर्च भईरहेको छ ।’ उप प्रमुख सिंहले भनिन् ‘नगरपालिकाले कृषीको आधुनिकरण र बजारकरणमा जोड दिएको छ, सोही अन्र्तगत विभिन्न क्षेत्रसँगको सहकार्य काम गरिरहेको छ ।’


साथै अनुगमनका क्रममा उप प्रमुख चन्दले समयमै निर्माण कार्य सक्न समेत निर्देशन दिएकी छिन् । विउ प्रशोधन तथा भण्डार केन्द्र सञ्चालनमा आएपछि कृषी क्षेत्रको विकासका लागि सहज हुने उनको अपेक्षा छ ।


त्यस्तै ग्रीन जोन प्राली प्रवन्ध निर्देशक लिलाराज जोशीले केन्द्रको निर्माण कार्य अन्तिम चरणमा रहेको बताए । उनका अनुसार विउ प्रशोधन तथा भण्डार केन्द्रको निर्माणका लागि नगरपालिकाबाट १५ लाख अनुदान सहयोग प्राप्त भएको छ । प्रालीले दैलेखको टिमसँग ३२ लाखमा ठेक्का सम्झौता गरि निर्माण कार्य गरिरहेको छ । स्थानीय स्तरबाटै कृषी क्षेत्रको विकासका लागि काम गर्ने योजना रहेको उनको भनाई छ ।

त्यस्तै प्रा.लि. सञ्चालक समितिका सदस्य टेक बहादुर सिंहले करिब एक करोड बढीको लगानीमा जमिन खरिद गरि विउ प्रशोधन तथा भण्डार केन्द्र निर्माण गरिरहेको बताए । उनका अनुसार प्रालीले चाँडै विउ प्रशोधन तथा भण्डार केन्द्रलाई सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

ताजा समाचार