सर्वोच्चको फैसलालाई जित–हारको रुपमा नलिन कांग्रेसको अपील

२८ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वोच्च अदालतको फैसलालाई जित हारको रुपमा नलिन अपिल गरेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्चको फैसलालाई कसैले पनि व्यक्तिगत जित हारको विषयका रुपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्नेमा जोड दिएका छन् ।

देश र जनतको हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न सबैलाई फैसलाले अझ जिम्मेवार बनाएको विज्ञप्तिमा उल्लेख छ । सर्वोच्चको फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्र्याकमा ल्याएको भन्दै देउवाले यसले स्वतन्त्र न्यापालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको बताए ।

लोकतन्त्र र लोकतान्त्रिक संविधान रक्षाका लागि विभिन्न ढंगले आन्दोलनमा सरिक राजनैतिक दल, सबै कानून व्यवसायी, भातृ तथा शुभेच्छुक संस्था, नागरिक आन्दोलन र सजग सञ्चार माध्यम एवं स्वदेश तथा विदेशमा रहेका सबै नेपालीप्रति कांग्रेसले बधाई समेत दिएको छ ।

ताजा समाचार