स्मार्ट स्कुल बन्दैँ आदर्शः एभिएन डिजिटल लर्निङबाट पठनपाठन र परिक्षा


महेन्द्रनगर ४ साउन ।
शिक्षा क्षेत्रमा सुदूरपश्चिमकै अग्रणी संस्थाको रुपमा परिचित कञ्चनपुरको महेन्द्रनगरस्थित आदर्श विद्या निकेतनले प्रविधिमैत्री शिक्षालाई अगाडी बढाएको छ । आदर्शले अनलाईनबाटै पठनपाठन र परिक्षा समेत सञ्चालन गर्ने गरि एभिएन डिजिटल लर्निङ अनलाईन साईट सञ्चालनमा ल्याएको हो । एभिएन डिजिटल लर्निङ अनलाईन साईट(AVN Digital Learning)मार्फत परिक्षासँगै कक्षा पनि सञ्चालन गरिने बताईएको छ ।

आधुनिक प्रविधिमैत्री शिक्षा प्रणालीमा फड्को मार्दै आदर्श विद्या निकेतनले यसै शैक्षिक सत्र देखि पूर्ण रूपमा अनलाईन माध्यमबाट अध्यापन गरिहेको छ भने पहिलो पटक अनलाईन माध्यमबाट नै वार्षिक परीक्षा तथा अन्य परीक्षाहरू सञ्चालन हुने पूर्ण तयारी गरिसकेको छ ।

प्लस टु क्याम्पस


सुदूरपश्चिमको अग्रणी शैक्षिक संस्थाको रूपमा स्थापित यस आदर्श विद्या निकेतनले कोरोना महामारीको अवस्थामा विद्यार्थीको शैक्षिक विकासलाई ध्यानमा राखेर अनलाईन पठनपाठनलाई अघि बढाएको हो ।
विद्यालयको निजी लगानीमा अनलाईन माध्यमबाट पठनपाठन र परीक्षा सञ्चालन गर्नका लागि एभिएन डिजिटल लर्निङ साईट तयार गरिएको छ ।

कोरोना संक्रममणको विषम परिस्थितिमा, नियमित पठनपाठनलाई ध्यानमा राखेर स्र्माट स्कुलको अवधारणा अगाडि सारिएको आदर्शका प्रिन्सीपल डा. भोजराज पन्तले बताए । उनका अनुसार कोरोना संक्रमणको कारणले भौतिक रूपमा पठनपाठन गर्न नसकिने भएकोले ‘Go for smart’ अवधारणा अन्र्तगत एभिएन डिजिटल लर्निङको शुरुवात गरिएको हो ।

‘नेपालमा नै पहिलो पटक अनलाईनबाटै परिक्षा र पठनपाठन गर्नका लागि साईट तयार गर्न सफल भएको छौँ ।’ आदर्शकी संयोजक सिमा जोशीले भनिन् ‘स्मार्ट स्कुलको अवधारणा अन्र्तगत आदर्शले प्रविधिमैत्री शिक्षामा जोड दिएको छ ।’
यहि साउन ११ गतेबाट एभिएन डिजिटल लर्निङबाट कक्षा ११ को परिक्षा सञ्चालन गर्ने तयारी गरिएको आदर्श विद्या निकेतनकी संयोजक जोशीले बताईन् ।

विशेष गरि प्लस टु मा व्यवस्थापनका विषय अध्यापन गराउने उक्त क्याम्पस व्यवस्थापन तथा वाणिज्य क्षेत्रतर्फमा गर्न चाहाने विद्यार्थीको सुदूरपश्चिमै रोजाईमा पर्ने गरेको छ । संयोजक जोशीका अनुसार आईमएस टिममार्फत अनलाईन कक्षा सञ्चालन गरिएको छ भने गुगल क्लासरुममार्फत विद्यार्थीलाई गृह कार्य लगायतका पठनपाठनका सामाग्रीको व्यवस्था गरिएको छ ।

एभिएन डिजिटल लर्निङमा प्रत्येक विद्यार्थीलाई छुट्टाछुट्टै युजर आईडी र पासवर्ड दिईनेछ । सोहीको माध्यमबाट विद्यार्थीले एभिएन डिजिटल लर्निङमा एक्सेस पाउने छन् । परिक्षामा विद्यार्थीलाई एभिएन डिजिटल लर्निङबाट पश्नपत्र दिईने छ, विद्यार्थीले रहेक प्रश्नसँगै उत्तर पुस्तीकाको फोटो अपलोड गर्नुपर्नेछ । यसमा पुरै उत्तरपुस्तीकाको पिडिएफ बनाउनु पर्ने बाध्यता नरहेको आदर्श आईटी हेड सुरज भट्टले बताए । साईटमा विभिन्न फिचरहरु रहेकाले अनलार्ईनमार्फत पठनपाठनलाई प्रभावकारी बनाउन सहज हुनेछ उनको भनाई छ ।

अनलाईनमार्फत कक्षा सञ्चालन हुदैँ

आठ सय बढी विद्यार्थी रहेको आदर्श विद्या निकेतनले नयाँ सत्रका लागि भर्ना समेत खुलि सकेको जनाएको छ । माध्यमिक तहबाट सुरु भएको आदर्श २०५८ सालमा उच्च माध्यमिकत तह सञ्चालन गरेका थियो । दुई दशकको अवधीमा जिल्लाकै उत्कष्ट प्लस टु(कमर्श) पढाई हुने विद्यालयको रुपमा छवि बनाईसकेको आदर्श अहिले उच्च शिक्षामा समेत जोडिएको छ ।
आदर्शले पछिल्लो समय त्रिभुवन विश्वविद्यालयबाट स्वीकृति लिई बिबिएस(ब्याचलर अफ विजनेस स्टडी)का कक्षा सञ्चालन समेत सुरु गरेको छ ।

ताजा समाचार