बैतडीमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला

बैतड- बैतडीमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ।
जिल्लाको मेलौली नगरपालिका –७ ल्वाथलीमा अन्दाजी ३६ वर्षीय महिलाको शव फेला परेको प्रहरीले बताएको छ। शव बाटोभन्दा २ सय मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

शवको सनाखत कार्य भइरहेको र मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

ताजा समाचार