आफ्नै कीर्तिमान सुधार गदैँ गौरीका बनाईने फेरी राष्ट्रिय कीर्तिमान

साउन १३ काठमाडौं । टोकियो ओलम्पिकमा नेपाली राष्ट्रिय पौडी खेलाडी खेलाडी गौरिका सिंहले १०० मिटर फ्रि–स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।बुधबार भएको महिला १०० मिटर फ्रि–स्टाइकलो पहिलो हिटमा तेस्रो बनेकी गौरिकाले निर्धारित दूरी १ः ००ः ११ मा पूरा गरिन् । उनले २०१९ मा बनाएको आफ्नै कीर्तिमान सुधारेकी हुन् ।

गौरिकाले सन् २०१९ मा दक्षिण कोरियामा भएको १८ औं फिना वर्ल्ड च्याम्पियनसिपमा १ः ००.६२ को समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । हिट–१ मा गौरिकाले नाइजेरिया, मोन्टेनेग्रो र ग्वामका खेलाडीसँग प्रतिस्पर्धा गरेकी थिइन्।

२०१९ मा नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुदमा कीर्तिमानी चार स्वर्ण पदकसँगै २ रजत र ३ कांस्य जितेकी गौरिकाले रियो ओलम्पिक २०१६ मा पनि नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

ब्राजिलमा भएको ओलम्पिकको अघिल्लो संस्करणकी सबैभन्दा कान्छी खेलाडी बनेर विश्वभर चर्चा कमाएकी गौरिकाले आफ्नो हिटमा प्रथम स्थान हासिल गरेकी थिइन् ।

ताजा समाचार