महेन्द्रनगरमा आगामी कात्तिक १७ र १८ गते ‘तिहार च्याम्पियनसिप २०८३’ स्नुकर प्रतियोगिता आयोजना हुँदै, विजेताले पाउनेछन् आकर्षक नगद

प्रकाशित मिति:
spot_img

महेन्द्रनगर । नेपालीहरूको दोस्रो ठूलो महान् चाड शुभ दीपावली (तिहार) को अवसर पारेर कञ्चनपुरको महेन्द्रनगरमा आगामी कात्तिक १७ र १८ गते खुला स्नुकर प्रतियोगिता ‘तिहार च्याम्पियनसिप २०८३’ आयोजना हुने भएको छ। पछ्याण वेयर्स को मुख्य प्रायोजनमा दुई दिनसम्म उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो।
नेपालीहरूको दोस्रो ठूलो चाड शुभ दीपावली (तिहार) को अवसर पारेर कञ्चनपुरको महेन्द्रनगरमा खुला स्नुकर प्रतियोगिता ‘तिहार च्याम्पियनसिप २०८३’ आयोजना हुने भएको छ।
‘द स्नुघर क्याफे’ को आयोजनामा हुन लागेको यस च्याम्पियनसिपलाई युवराज भट्टका साथै ममताज काजबार, दिव्यांशी कन्स्ट्रक्सन एन्ड सप्लायर्स, क्यालिबर सुज, वन्ली स्पोर्ट्स धनगढी, पर्फेक्ट लेडिज सप, कड्की चिया र थापा इन्टरप्राइजले विशेष सहयोग गरेका छन्। त्यसैगरी प्रतियोगिताको मिडिया पार्टनरका रूपमा मितजी मिडिया रहेको छ। चाडपर्वको उल्लासमय वातावरणमा युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने, स्थानीय स्तरमा स्नुकर खेलको व्यावसायिक विकास गर्ने र उदीयमान खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट मञ्च प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक पक्षले जनाएको छ।
आयोजकका अनुसार प्रतियोगितालाई मर्यादित, प्रतिस्पर्धी र रोमाञ्चक बनाउन आवश्यक सम्पूर्ण तयारीलाई तीव्र पारिएको छ। विभिन्न उमेर समूहका स्नुकर खेलाडीहरूबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको यस च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूका लागि आकर्षक नगद पुरस्कार, ट्रफी तथा सम्मानको व्यवस्था गरिएको छ।
प्रतियोगितालाई थप रोमाञ्चक र प्रतिस्पर्धी बनाउन उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने विजेताले नगद एकतीस हजार एक सय एघार रुपैयाँ (३१,१११) प्राप्त गर्नेछन् भने दोस्रो हुने उपविजेता खेलाडीलाई नगद पन्ध्र हजार पाँच सय पचपन्न रुपैयाँ (१५,५५५) पुरस्कार प्रदान गरिनेछ। त्यसैगरी खेल अवधिभर उत्कृष्ट खेल कौशल प्रदर्शन गर्दै सर्वाधिक अंक जोड्ने एक जना खेलाडीलाई ‘हाइएस्ट ब्रेक’ बापत नगद पाँच हजार पाँच सय पचपन्न (५,५५५) रुपैयाँको विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा भाग लिन चाहने इच्छुक खेलाडीहरूका लागि टिम वा नाम दर्ता खुला गरिएको छ। सहभागिताका लागि प्रवेश शुल्क प्रतिखेलाडी रु २,१११/- तोकिएको आयोजकले जानकारी दिएको छ।
स्थान सीमित रहेकाले समयमै आफ्नो दर्ता निश्चित गर्न र प्रतियोगितासम्बन्धी नियम, खेल तालिका तथा विस्तृत जानकारीका लागि आयोजक समितिको आधिकारिक सम्पर्क नम्बर ९८०९४६२३९१ मा प्रत्यक्ष सम्पर्क गर्न सकिने बताइएको छ। स्थानीय युवाहरू तथा खेलप्रेमीहरूलाई प्रतियोगिता अवलोकन गरी खेलाडीहरूको हौसला बढाउन समेत आयोजकले आग्रह गरेको छ।

spot_img

ताजा समाचार