कञ्चनपुरमा साढे सात लाख बढीको भन्सार छलीको सामान बरामद

प्रकाशित मिति:
spot_img

कञ्चनपुर । कञ्चनपुरका विभिन्न नाकाबाट गैरकानुनी रूपमा भारतबाट भन्सार छली गरी ल्याइएका सात लाख ७६ हजार आठ सय पचास रुपियाँ मूल्य बराबरका विभिन्न सामानहरू प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका प्रहरी इकाइहरूले छुट्टाछुट्टै ठाउँबाट बरामद गरेका उक्त सामानहरू आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाउने प्रक्रिया अघि बढाएको छ,

जसअन्तर्गत जिल्ला प्रहरी कार्यालयले पाँच लाख २० हजार ४१० रुपियाँ बराबरका मोबाइल डिस्प्ले, चार्जर, ग्लास, इयरफोन, स्मार्ट वाच, ब्याट्री र स्पिकर, इलाका प्रहरी कार्यालय गुलरियाले एक लाख ६१ हजार आठ सय असी रुपियाँ बराबरका कुर्ता सुरुवाल, धोती, स्विटर, सुर्ती, बिँडी, प्लास्टिक र पटका, इलाका प्रहरी कार्यालय गड्डाचौकीले ६८ हजार रुपियाँ बराबरका मिठाई तथा बाख्रा र इलाका प्रहरी कार्यालय दोधाराचाँदनीले २० हजार रुपियाँ बराबरका दुई वटा बाख्रा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिएका छन् भने इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट बरामद भएको छ हजार पाँच सय साठी रुपियाँ बराबरको पेयपदार्थ, माछा र ब्रोइलर कुखुरा भने प्रहरीले नष्ट गरेको छ।

spot_img

ताजा समाचार