मौका पाए कांग्रेसले डेढ वर्षसम्म महाधिवेशन सार्छ’: गोकुल बास्कोटा

काठमाडौं – नेकपा एमालेको केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले सत्तारुढ कांग्रेसको क्रियाशील सदस्यता वितरणमा भइरहेको विवाद र महाधिवेशनबारे टिप्पणी गरेका छन्।

कांग्रेसले मौका पाए डेढ वर्षसम्म महाधिवेशन सार्ने समाजिक सञ्जालमा उनले लेखेका छन्।

क्रियाशील सदस्यता वितरणमा समेत विवाद भई तल्लो तहका कारण महाधिवेशन प्रभावित भएपछि एमाले नेता बाँस्कोटाले व्यंग्य गरेका हुन्। उनले लेखेका छन्, ’मैले त पहिल्यै भन्या छु। कांग्रेस शुन्य समयको प्रबन्ध मिलाउन खोज्दैछ। मौका पाए डेढ बर्ष महाधिवेशन सार्छ नपाए अब वडा तहको गर्छ। तर, पालिका र जिल्ला तहको अधिवेशन नगरी कार्तिकतिर सीधै महाधिवेशन गर्छ। देउवाले गरेको निर्णय प्रजातान्त्रिक नै हुन्छ। निरंकुश कस्ले भन्दो रहेछ? हामी पनि हेरौं त।’

कांग्रेमा महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका प्रभावित भइसकेको छ। साउन १२ मा हुनुपर्ने वडा अधिवेशन अझै अनिश्चित छ। क्रियाशील सदस्यताको विवादमा अल्झिएको कांग्रेसले तोकिएको समयमा महाधिवेशन गर्न नसक्ने निश्चित भइसकेको छ।

बुधबार बसेको पदाधिकारी बैठकले क्रियाशील सदस्यता विवाद समाधान गर्नका छानबिन समितिलाई लागि २४ घण्टाको समय दिइएको थियो। आज पनि पदाधिकारी बैठक जारी छ।

भदौ १६ गते आउन ३५ दिन बाँकी रहँदा महाधिवेशन समयसीमा भित्र नहुने नेताहरूले बताउन थालेका छन्। कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन तोकेको छ। ​

https://www.facebook.com/gokulprasadbaskota/posts/2973661792960829

ताजा समाचार