माइती नेपाल कञ्चनपुरद्धारा गड्डाचौकी नाकामा मानव बेचविखन सम्बन्धि सचेतना तथा घरदैलो कार्यक्रम

महेन्द्रनगर । माइती नेपाल कञ्चनपुरले शुक्रबार ८ औं अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसको अवसरमा जिल्लाको गड्डाचौकी सिमानाकामा मानव बेचबिखन विरुद्ध तथा सुरक्षित बसाइसराइ सम्बन्धी विभिन्न सचेतना कार्यक्रम गरेको छ ।

बेचबिखन तथा सुरक्षित बसाइसराइ, घरेलु हिंसा, कोरोना भाइरसका सम्बन्धमा नागरिकलाई सचेत गर्नुका साथै जनचेतनामुलक पर्चा, ब्रसरहरु समेत वितरण गरिएको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले
बताइन् ।

‘८ औं अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसको अवसरमा माइती नेपाल कञ्चनपुरले मानव बेचविखन तथा अन्य समस्या न्युनिकरणका लागि नाकामा विभिन्न जनचेतनामुलक कार्यक्रम गरेको छ ।’संयोजक भट्टले भनिन् ‘हामीले त्यहा जनचेतनामुलक पर्चा वितरण गर्नुका साथै नेपालबाट भारत जाने यात्रुहरुलाई समयमै सचेत गर्न सिमानाकामा सचेतना सामग्री लेखिएको एक व्यानर समेत राखेका छौ ।’

उक्त सचेतना कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, भन्सार कार्यालय कञ्चनपुरका कर्मचारीलगायत स्थानिय व्यापारी,समाजसेवी लगाएतको सहभागिता रहेको थियो ।

उनका अनुसार ८ औं अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवसकै अवसरमा भीमदत्त नगरपालिका वडा नं.११ र १२, सुक्खा बन्दरगाह नयाँ पुलको नाकास्थित ५९ वटा घरधुरीमा घरदैलो कार्यक्रमपनि सम्पन्न गरिएको छ । माइती नेपाल कञ्चनपुरले घरदैलो कार्यक्रममा पनि जनचेतनामुलक पर्चा, ब्रसरहरु वितरण गर्नुका साथै सुरक्षित बसाइसराइ र मानव बेचबिखन विरुद्ध सम्बन्धी जानकारी दिएको थियो ।

ताजा समाचार