महेन्द्रनगर १६ साउन ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले नगरका सबै वडामा पार्क तथा उद्यान निर्माण गर्ने योजना अघि बढाएको छ । सोही योजना अन्र्तगत नगरका विभिन्न वडामा उद्यान निर्माणको काम भईरहेको छ । स्थानीय तहको सरकार बनेसँगै नगरपालिकाले दर्जनौँ उद्यान्न निर्माण कार्यलाई अगाडी बढाईएको छ । भीमदत्त नगरपालिकाका पर्यटन पर्वद्धन, भुमी संरक्षण र मनोरञ्जनका लागि पार्क निर्माण गर्ने योजना अघि बढाएको हो ।
![](https://deshpati.com/wp-content/uploads/2021/07/9413299102068825200100644875_913555689072451_5471672182008446976_n..jpeg)
नगरपालिकाका वातावरण अधिकृत गणेश ठगुन्नाले नगरका सबै वडामा पार्क निर्माण गर्ने योजनासहित काम भईरहेको बताउनु भयो । उहाँका अनुसार अनुसार नगरपालिकाले वडा नम्बर १ मा त्रिशुल पार्क निर्माण गरिएको छ । जसमा १९ वटै वडाको प्रतिनिधित्व हुने गरि १९ फिट अग्लो त्रिशुल राखिएको छ । त्रिशुल पार्क निर्माण भएपछि त्यहाँ आन्तरिक पर्यटक समेत बढ्न थालेको छन् ।
![](https://deshpati.com/wp-content/uploads/2021/07/159793692_3951266698251059_6079997748442516044_n-1024x683.jpg)
त्यस्तै वडा नम्बर ४ महेन्द्रनगर बजार क्षेत्रमा बाल उद्यान्न निर्माण गरिएको छ । त्यहाँ बालबालिकाको मनोरञ्जनका सामाग्री, बस्नका लागि बेञ्चसहित कफी हाउस, बगैँचा पनि सञ्चालनमा ल्याईएको छ । भीनपा–८ मा पनि बाल उद्यान निर्माण कार्य अघि बढाईएको छ । जैविक मार्ग छेउमा उद्यान निर्माणका लागि पर्खाल निर्माण कार्य सम्पन्न गरिएको वातावरण अधिकृत ठगुन्नाको भनाई छ ।
त्यस्तै भीमदत्त–१० मा जैविक विविधता पार्क निर्माण गरिन लागिएको छ । शान्ती सामुदायिक वन क्षेत्रमा जैविक विविधतासहितको पार्क निर्माणका लागि पर्खाल निर्माण गरिएको छ । भीमदत्त नगरपालिका–११ गड्डाचौकीमा नगरपालिकाले झन्डा पार्क निर्माण गरेको छ । नेपालको पश्चिमी नाकामा राष्ट्रिय स्वाभिमान झल्कने ७७ फिट अग्लो नेपाली झन्डा राखेर पार्क निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।
![](https://deshpati.com/wp-content/uploads/2021/07/215772422_4305373662840359_7277914772956940318_n-1024x683.jpg)
त्यस्तै वडा नम्बर ११ मै नगरपालिकाले गुरु योजनासहित झजेला पार्क निर्माण कार्य अघि बढाएको छ । झुजेल पुल नजिकै रहेको सार्वजनिक जग्गामा पार्क निर्माणका लागि गुरु योजनाको काम सकिएको छ । त्यहाँ पर्यटन सुचना केन्द्र समेत स्थापना गर्ने योजना रहेको वातावरण अधिकृत ठगुन्नाले बताउनु भयो ।
एशियाकै दोस्रो लामो झुलुङ्गे पुल घुम्न आउने पर्यटकलाई लक्षीत गरि वडा नम्बर १३ पिपरैयामा पार्क निर्माण गरिन लागेको छ । उक्त पार्क निर्माणका लागि पनि मास्टर प्लान तयार गरि कम्पाउन्ड वाल निर्माण कार्य सम्पन्न गरिएको छ । भने वडा नम्बर १४ मा पनि पर्यटन मार्ग छेउमा पार्क निर्माणको योजना अघि बढाईएको छ ।
![](https://deshpati.com/wp-content/uploads/2021/07/214827795_4316638561713869_5214399559884860868_n-1024x683.jpg)
भीमदत्त–१६ परखेडीमा नेपाली सेनासँगको सहकार्य गरि नगरपालिकाले उद्यान निर्माण गरिको छ । त्यहाँ बालबालिकालाई झुला, पिङ, चिप्लेटी लगायका अन्य सामाग्री राखिएको छ । भीमदत्त नगरपालिका वडा नम्बर १८ मा भने तीन वडा पार्क निर्माणको चरणमा छन् । जसमा भीमदत्त स्मृती उद्यानलाई स्तरोन्ती गरिन लागेको हो भने ईको पार्क र खैरभट्टीमा नयाँ संरचनासहित पार्क निर्माण गरिन लागिएको वातावरण अधिकृत ठगुन्नाले जानकारी दिनुभयो ।
र्ईको पार्क निर्माणका लागि सालघारीस्थित ग्रीनेबेल्ट क्षेत्रमा पर्खाल निर्माण गरि फुट पाथ, ओपन जिम लगायतका विभिन्न संरचनाहरु निर्माण भईरहेको छन । २०७४\७५ बाट सुरु भएको उद्यान निर्माण कार्य चालु आर्थिक वर्षमा सबै वडामा विस्तार गर्ने नगरपालिकाको योजना छ ।
![](https://deshpati.com/wp-content/uploads/2021/07/bheemdatt-park-1024x768.jpg)
नगरपालिकाका वातावरण अधिकृत गठुन्नाले पर्यटन पर्वद्धन, भुमी संरक्षण, सौन्दर्यता, मनोरञ्जसँगै प्रकृतिक विपद्को समयमा खुला ठाउँको रुपमा प्रयोग गर्नका लागि पार्क निर्माण कार्य भईरहेको बताउनु भयो । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बहुउद्देश्यसहित नगरका सबै वडामा उद्यान निर्माण कार्य अघि बढेको बताउनु भयो । उहाँले गड्डाचौकीको झन्डा पार्कले सीमा नेपाली स्वाभिमानलाई झल्काउने मद्दत र अन्य ठाउँका पार्कले पर्यटन पर्वद्धनसँगै मनोरञ्जनमा टेवा पु¥याएको बताउनु भयो ।
‘नगरपालिकाले नगरका सबै क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन चेनको रुपमा विकास गर्न खोजेका छौँ, त्यसका लागि सबै ठाउँमा पुर्वाधार संरचना आवश्यक हुन्छ ।’ नगर प्रमुख विष्टले भन्नुभयो । ‘गड्डाचौकी देखि लिएर महाकाली पुल, भुलङ्गे पुल, हात्तिसार, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लगायतका क्षेत्रलाई जोडेर पर्यटन मार्गका निर्माण भईरहको छ, ती क्षेत्रमा थप आकृर्षणका गर्न पार्क लगायता आवश्यक संरचना निर्माण गरिरहेका छौँ ।’