spot_img

कञ्चनपुरका तिर्थराज बोहरा वनवासाबाट ४ लाख भारतीय रुपैयाँसहित बेपत्ता

धनगढीः कञ्चनपुरका एक पुरुष भारतको वनवासा बजारबाट बेपत्ता भएका छन्। जिल्लाको बेलडाडीँ गाउँपालिका ५ झिलमिला घर भएका अन्दाजी ४४ वर्षीय तिर्थराज बोहरा आईतबारदेखि बेपत्ता भएको उनका आफन्त लाल बहादुर रावलले जानकारी दिए ।
उनका अनुसार बोहरा भारतको देहेरादुनदेखि वनवासासम्म सकुशल आएका थिए। उनी वनवासा पुगदासम्म परिवारको सम्पर्कमै थिए। तर, आईतबार बिहान ८ बजेदेखि उनी एकाएक सम्पर्कविहीन भएका थिए।

उनको भारतको देहरादुन पनि घर थियो। उनले त्यो घर बेचेको करिब ४ लाख भारतीय रुपैयाँ साथमा बोकेर नेपाल फर्किन लागेका थिए। उनी बेपत्ता भएपछि आफन्तहरु खोजी कार्यमा जुटेका छन्।
उनीहरुले इलाका प्रहरी कार्यालय बेलडाँडीलाई जानकारी गराउने तयारी भईरहेको बताएका छन्।

ताजा समाचार

spot_img