कोरोना कारण एकैदिन थप २३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६१३ पीसीआर र ३ हजार १९८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार १२५ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै कुल संक्रमितको संख्या ६ लाख ९९ हजार ६४९ पुगेको छ। कुल संक्रमितमध्ये ३१ हजार ६२९ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा १ हजार ९२५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म देशभर संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५८ हजार १२२ पुगेको छ।

पछिल्लो २४ घण्टमा २३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८९८ पुगेको छ ।

हाल २८ हजार ४०५ जना होम आइसोलेसन र ३ हजार २२४ जना संस्थागत आइसोलेसनमा छन्।

ताजा समाचार