बिवाह सम्बन्धी कसुर मुद्धाका फरार कसुरदार पक्राउ

महेन्द्रनगर । बिवाह सम्बन्धि कसुर मुद्धामा फरार कञ्चनपुरको पुनर्वास नगरपालिका–८ का पदमराज उपाध्याय पक्राउ परेका छन् ।

२०७४ साल कार्तिक १२ गते कञ्चनपुर जिल्ला अदालतले विवाहा सम्बन्धि कसुर मुद्धामा दोषि ठहर गरि तीन वर्ष कैद र २५ हजार नगद जरिवाना फैसला भई फरार रहेका उपाध्यायलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

विवाह सम्बन्धि कसुर मुद्धाका फरार कसुरदार उपाध्यायलाई घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरि कञ्चनपुर जिल्ला अदालतमा पेश गराईएकोमा सम्मानित अदालतबाट कैदी पुर्जी जारी भई कैद भुक्तानको लागी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चपुरका प्रवत्ता एवम् प्रहरी नायव उपरिक्षक सिद्धराज न्यौपानेले बताए ।

ताजा समाचार