फुर्के धागो २ बोलको गीत सार्वजनिक हुने

काठमाडौं ‘फुर्के धागो’ बोलको गीतबाट सफलता मिलेपछि ‘फुर्के धागो २’ बोलको गीत सार्वजनिक गर्ने तयारी भएको छ। भोलि ९मंगलबार० अपराहन्न ४ बजे ‘जननी नेपाल’ नामक युटुब च्यानलमार्फत गीत सार्वजनिक गरिने भएको हो।

प्रभा बर्तौलाको शब्दमा रहेको गीतमा शास्त्रीय संगीतमा स्नाकोत्तर गर्नुभएको गायक तथा संगीतकार थानेश्वर गौतम र शोभा गौतमको स्वर रहेको छ। संगीत गायक गौतमले नै भर्नुभएको छ ।

भुवन लामाको निर्देशनमा रहेको गीतको भिडियोमा मुख्य अभिनय कलाकार अन्जली अधिकारी र नयन डिसीको रहेको छ। यस्तै गीत एरेन्ज उदयराज पौडेलले गर्नुभएको छ । फुर्के धागो २ बोलको गीत र भिडियोले सम्पूर्ण दर्शक स्रोताको मन जित्ने निर्माण टिमको दाबी छ ।

कलाकारिता क्षेत्रमा गीतकार बर्तौला र गायक गौतमको सहकार्य उत्कृस्ट देखिन्छ। बर्तौलाको शब्द तथा गौतमको आवाज र संगीतमा रहेको ‘फुर्के धागो’, ‘छुट्नलाई पो रैछ क्या रे’, लगायत बोलका गीतको चर्चा गाउँदेखि सहरसम्म उत्तिकै छ ।

ताजा समाचार