निशुल्क अनलाईन मार्केटिङ कक्षा सञ्चालन गदैँ साक डिजिटल युनिभर्सिटी

महेन्द्रनगर २७ साउन ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलस्थित साक डिजिटल युनिभर्सिटीले निशुल्क अनलाईन मार्केटिङ कक्षा सञ्चालन गर्ने भएको छ । डिजिटल सुदूरपश्चिको अभियान समेत सुरु गरेको यस युनिभर्सिटीले अनलाईन मार्केटिङ जनशक्ती उत्पादनका लागि कक्षा सञ्चालन गर्न लागेको जनाएको छ ।


युनिभर्सिटी प्रमुख कार्यकारी अधिकृत(सिईओ) गणेश जोशी नयाँ विज्ञान प्रविधिको युगसँगै आफुहरुले योजना अघि बढाएको बताए । उनले अहिलेको समयमा अनलाईन मार्केटिङको महत्व दिनप्रति दिन बढीकाले त्यसका लागि आवश्यक जनशक्ती उत्पादन गर्ने उद्देश्यका साथ निशुल्क अनलाईन डिजिटल मार्केटिङ कक्षा सञ्चालन गरिको बताए । त्यस्तै अनलाईन मार्केटिङको माध्ययबाट यस क्षेत्रलाई आर्थिक समुन्नतीतर्फ अघि बढाउने उद्देश्य रहेको छ ।


‘मानिसले समयसँगै प्रविधिसँग अपडेट हुनुपर्छ, डिजिटलाईजेसन अहिलेको काम हो ।’ प्रमुख कार्यकारी अधिकृत जोशीले भने ‘पहिलो चरणमा हामीले ६ महिनाको कोर्स सिकाउछौँ, अनलाईन मार्केटिङको बारेमा जानकारी दिन्छौँ, हामी डिजिटल सुदूरपश्चिम बनाउने अभियानका साथ काम गरिरहेका छौँ ।’ कक्षा सञ्चालनका लागि भर्ना कार्यक्रम सुरु भईसकेको र कोटा पुरा भए लगतै कक्षा पनि सञ्चालन गरिरहेको उनको भनाई छ ।


युनिभर्सिटीले २५ जनालाई निशुल्क अनलाईन मार्केटिङ कोर्स अध्ययन गराउने जनाएको छ । युनिभर्सिटीले डिजिटल सुदूरपश्चिम अभियानलाई पनि निरन्तर रुपमा अघि बढाएको प्रमुख कार्यकारी जोशीको भनाई छ ।

ताजा समाचार