अनेरास्ववियु कञ्चनपुरको जिल्ला संयोजकमा रोकाया

महेन्द्रनगर २७ साउन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) कञ्चनपुरको जिम्मेवारी विद्यार्थी नेता कमल रोकायालाई दिईएको छ ।

बुधबार अनेरास्ववियुका केन्द्रीय संयोजक ऐन महरले रोकायालाई जिल्ला संयोजकको जिम्मेवारी दिएका हुन् । विद्यार्थी राजनितीमा सक्रिय रोकाया अनेरास्ववियुको केन्द्रीय सदस्यको जिम्मेवारीमा पनि छन् ।
उनले संगठनलाई विस्तार गर्दै विद्यार्थीको हकहितका लागि काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

ताजा समाचार