प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत भीमदत्तमा १९५ जनालाई रोजगारी

कञ्चनपुरको भीमदत्त नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत १ सय ९५ जनालाई रोजगारी दिएको छ । गत आर्थिक वर्षमा सञ्चालन गरिएको रोजगार कार्यक्रममार्फत एक सय ९५ जनालाई रोजगारी दिईएको नगरपालिकाले जनाएको छ ।
भीमदत्त नगरपालिकाका रोजगार संयोजक केशब विष्टले नगरपालिकाका ६ वडामा कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो । उहाँका अनुसार नगरपालिकाले वडा नम्बर १,३,९,१०,१५ र १९ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन ल्याएको हो ।जस अन्र्तगत वडा नम्बर १ मा ४५ जनाले रोजगारी पाएका छन् ।

त्यहाँ कार्यक्रममार्फत मणिदिप धामदेखि विष्णु मन्दीरसम्म ४ किलोमिटर फुटपाथ निर्माण गरिएको छ । त्यस्तै वडा नम्बर ३ मा विष्ण मन्दीरदखि मलास जाने एक किलोमिटर बाटो निर्माण गरिएको छ । उक्त योजनामा ४० जनाले रोजगार पाएको संयोजक विष्टले बताउनु भयो । त्यस्तै कार्यक्रम अन्र्तगत वडा नम्बर ९ मा ब्रह्मदेवदेखि खल्ला–मसेट्टी जाने बाटो निर्माण गरिएको उक्त योजनामा ५३ जनाले रोजगार पाएका छन् ।

वडा नम्बर १० को शान्ती सामुदायिक वनमा कार्यक्रम अन्र्तगत पार्क निर्माण गरिएको छ । पार्क निर्माणमा २८ जनाले रोजगारी पाएका छन् । रोजगार कार्यक्रम अन्र्तगत वडा नम्रब १५ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र मानववस्तीबिचको क्षेत्रमा २ किलोमिटर ट्रेञ्च खन्ने काम भएको संयोजक विष्टले बताउनु भयो । उक्त योजनामा १९ जनाले रोजगारी पाएका थिए ।
वडा नम्बर १९ मा भने रोजगार कार्यक्रम अन्र्तगत सिद्धनाथ स्कुलको खेलमैदान निर्माण गरिएको छ । विद्यालयको पुरानो जिर्ण अवस्थामा रहेको भवन भत्काएर खेल मैदान निर्माण गरिएकोमा त्यहाँ ९ जना स्थानीयले रोजगारी पाएको छन् ।
कोरोना संक्रमणका कारण गरिएको लकडाउनले कार्यक्रम प्रभावित भएको संयोजक विष्टको भनाई छ । उहाँका अनुसार कार्यक्रम सुरु हुने समयमा लकडाउन भएपछि योजना पुर्ण रुपमा कार्यन्वयन हुन सकेन् ।

सबै वडामा रोजगार कार्यक्रम सञ्चालन गर्ने योजना भएपनि लकडाउनमा कारण ६ वडामा मात्रै कार्यक्रम सञ्चालन गर्न सकिएको हो । रोजगार कार्यक्रम अन्र्तगत १ सय ९५ जनालाई ६५ लाख २१ हजार ज्यादा उपलब्ध गराईएको छ । संघिय सरकारले कामदारको दैनिक ज्याला मात्रै उपलब्ध गराएकोमा नगरपालिकाले विभिन्न आवश्यक औजार समेत खरिद गरि योजना कार्यान्वयन गराएको हो ।

ताजा समाचार