दल दर्ता स्वीकृत भएपछि एमाले समाजवादी सरकारमा जाने

काठमाडौँ — प्रस्तावित एमाले(समाजवादी)का नेता राजेन्द्र पाण्डेले दल दर्ता स्वीकृत भएपछि आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका छन् । बुधबार नयाँ दल दर्ताका लागि निवेदन दिएपछि निर्वाचन आयोगबाट बाहिरिँदै नेता पाण्डेले दल दर्ता स्वीकृत हुने बित्तिकै आफूहरु सरकारमा सहभागी हुने बताएका हुन् ।


उनले भने,’दल दर्ता स्वीकृत भएपछि सरकारमा जाने हो । निर्वाचन आयोगले छिटोभन्दा छिटो निर्णय देला । आज अध्यादेश जारी भएपछि परिस्थिती हेरेर हामी नयाँ दल दर्ता गर्न आएका हौं ।’ दल दर्ता भएपछि चाँडै नै राष्ट्रिय भेला गर्ने तयारी भएको उनले बताए ।
एमालेका ५८ जना केन्द्रीय सदस्यहरु मिलेर नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएको पाण्डेले बताए । प्रस्तावित नयाँ पार्टीमा ९६ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरिएको छ ।


आफूहरुसँग एमालेका उपाध्यक्ष वामदेव गौतम पनि आउने उनले दाबी गरे । एमालेभित्र रहँदा ओलीले गरेको व्यवहार,संसद्लाई पटक पटक भंग गर्दा पनि गलत भएको भन्न नसक्ने ओलीसँग पार्टीमा सँगै बस्‍न नसक्‍ने अवस्था आएपछि नयाँ पार्टी दर्ताका लागि निवेदन दिएको पाण्डेको भनाइ थियो । ’हामीले पार्टी एकताका निम्ति पटक पटक आह्वान गर्यौं । तर कुनै सुनुवाई भएन,’ उनले भने ।

ताजा समाचार