भृकुटी माध्यमिक विद्यालयका शिक्षकलाई ल्यापटप हस्तान्तरण

महेन्द्रनगर ३ भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित भृकुटी माध्यमिक विद्यालयका शिक्षक÷शिक्षिकालाई ल्यापटप हस्तान्तरण गरिएको छ । विद्यालयले वैकल्पीक सिकाईलाई प्रभावकारी बनाउन ल्यापटप वितरण गरेको हो ।
बिहिबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशिल भट्टले शिक्षकहरुलाई ल्यापटप हस्तान्तरण गरेका हुन् । वैकल्पिक सिकाइलाई निरंन्तरा दिन र शिक्षकलाई प्रविधिमुखी बनाउन ल्यापटप दिईएको विद्यालयका प्रधानाध्यापक केशर सिह महरो बताए ।

उनका अनुसार भृकुटी माविले कक्षा ८ देखि १२ सम्म सिटिईभिटीतर्फ सम्पुर्ण कक्षाहरु अनलाइनमार्फत सञ्चालन गर्ने योजना बनाएको छ ।
ल्यापटप हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशिल भट्टसहित सदस्य राजेन्द्र आग्री, जित बहादुर चौधरी, मावि संयोजक विरेन्द्र प्रशाद भट्ट, शिक्षक प्रतिनिधि जानकी बोहरा लगायत शिक्षकको उपस्थिती रहेको थियो ।

ताजा समाचार