व्यवस्थापन संकाय पढ्नका लागि सुदूरपश्चिमकै उत्कृष्ट गन्तव्यःआदर्श विद्या निकेतन

कोरोनाको जोखिमलाई मध्यनजर गर्दै ‘एभिएन डिजिटल लर्निङ’बाट पठनपाठन र परिक्षा

नेपालकै शैक्षिक क्षेत्रमा विशिष्ट पहिचान बनाइसकेको कञ्चनपुरको महेन्द्रनगर स्थित आदर्श विद्या निकेतन माध्यमिक विद्यालय व्यवस्थापन संकाय पढ्न चहाने विद्यार्थीहरुको उत्कृष्ट गन्तव्य बनेको छ ।

वि.सं. २०४६ सालमा स्थापना भएको विद्यालयले कञ्चनपुर तथा देशकै शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान निर्वाहा गर्दै आएको छ । महेन्द्रनगरका प्राज्ञिक एंव सामाजिक व्यक्तिहरुको सक्रियतामा संचालित आदर्श विद्या निकेतन भौतिक एवम् शैक्षिक रुपमा सक्षम र सबल छ ।

त्यही प्राज्ञिक एवम् सामाजिक व्यक्ति तथा अनुभवी शिक्षक शिक्षिकाहरुको सक्रियताले नै व्यवस्थापन संकाय पढ्ने विद्यार्थीको पहिलो रोजाइमा आदर्श विद्या निकेतन पर्ने गर्दछ । विद्यालयको कुशल नेतृत्व,अनुभवी शिक्षक,शिक्षिकाहरुको सक्रियताले नै आदर्श विद्या निकेतन माध्यमिक विद्यालय व्यवस्थापन संकाय पढ्ने विद्यार्थीको पहिलो रोजाइमा पर्ने गरेको आदर्श विद्या निकेतनका संयोजक सीमा जोशीले बताइन् ।

No description available.

विद्यालयले अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यार्थीलाई खेलकुद, हाजिरी जवाफ, वादविवाद, तथा सामाजिक कार्यहरूमा समेत सहभागी गराउदैँ आएको छ । संयोजक जोशीले भनिन् ‘समय–समयमा अभिमुखीकरण तालिम, अभिभावक भेला, कार्यशाला तथा फिल्ड रिसर्च गराई सिकाइलाई व्यावहारिक र जीवन उपयोगी बनाउनुका साथै विद्यार्थीलाई पढाइमा सक्रिय गराउन पार्टि्सिपेटरी र प्रोजेक्ट बेस्ड विधिबाट कक्षा सञ्चालन गराईन्छ ।’

उनकाअनुसार कलेजमा फराकिलो कक्षाकोठा, कम्प्युटरको व्यवस्थित प्रयोगशाला, र सेमिनार हल लगाएतको राम्रो व्यवस्था रहेको छ । ‘कलेजमा कक्षा कोठा,कम्प्युटर ल्याव,सेमिनार हल, ख्याती प्राप्त शिक्षक,पुस्तकालय सबैको राम्रो व्यवस्था छ ।’ संयोजक जोशीले भनिन् ।

कोरोनाको जोखिमलाई मध्यनजर गर्दै ‘एभिएन डिजिटल लर्निङ’बाट पठनपाठन र परिक्षा

विश्व महामारीको रुपमा फैलिहरको कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आदर्श विद्या निकेतनले अनलाइन मार्फत पठनपाठन तथा परिक्षा समेत सञ्चालन गर्ने गरि एभिएन डिजिटल लर्निङ www.avndigitallearning.com साइटको निर्माण समेत गरेको छ ।

No description available.


कोरोना भाइरसका कारण सरकारले भौतिक रुपमा कक्षा सञ्चालनमा रोक लगाएपछि त्यसको विकल्पमा पठनपाठन तथा परिक्षा समेत गर्न सकिने एभिएन डिजिटल लर्निङ साइटको निर्माण गरि विद्यालयले पठनपाठ तथा परिक्षा गर्ने गरेको संयोजक जोशीले बताइन । ‘अहिले विद्यालयमा ‘प्लस टु’ को भर्ना खुलेको छ । तर कोरोनाका कारण सबै विद्यार्थीहरु भर्नाको लागि विद्यालय सम्म आउन सक्ने अवस्था छैन ।’

No description available.

संयोजक जोशीले भनिन् ‘विद्यार्थीहरुको त्यो समस्यालाई मध्यनजर गर्दै आदर्श विद्या निकेतनले एभिएन डिजिटल लर्निङ ww.avndigitallearning.com साइट निर्माण गरेको छ ।’ उनले अगाडी थपिन् ‘प्लस टु मा व्यवस्थापन संकाय पढ्न चाहाने विद्यार्थीहरुले https://preptonine.avnss.edu.np/grade11/ यो लिङक बाट प्रवेशिका परिक्षाको फारम भर्न सक्ने र परिक्षा पनि अनलाइन दिन सक्ने छन् । यस्तै प्रवेशिका परिक्षाको रिजल्टपनि अनलाइन नै आउछ र कक्षा सञ्चालन पनि कोरोनाको जोखिम पूर्णरुपमा कम नहुदाँ सम्म अनलाइन बाटै गर्न सकिने गरि विद्यालयले उक्त साईटको निर्माण गरेको छ ।’

उनकाअनुसार आदर्श विद्या निकेतनमा पढ्न चाहाने विद्यार्थीहरुले भदौँ ६ गते सम्म प्रवेशिका फारम भर्न सक्ने र भदौँ ७ गते प्रवेशिका परिक्षा दिन सक्ने छन् । भदौँ ८ गते रिजल्ट सार्वजनिक र ८ गतेबाट नै भर्ना गर्न सकिने विद्यालयले जनाएको छ ।

यस्तै भदौँ १७ गतेबाट कक्षा सञ्चालन हुने संयोजक जोशीले बताइन । विद्यालयका अनुसार प्रवेशिका परिक्षामा प्रथम,द्धितृय र तृतिय हुने विद्यार्थीहरुलाई क्रमश १०० प्रतिशत,५० प्रतिशत,२५ प्रतिशत छात्रवृद्धि दिईने छ ।

यस्तै एसइईमा ४ जिपिए ल्याएको विद्यार्थीलाई २५ प्रतिशत,ए प्लस र सरकारी विद्यालयबाट एसइई पास गरेको विद्यार्थीलाई २० प्रतिशत छात्रवृद्धि दिइने विद्यालयले जनाएको छ ।

May be an image of 10 people, people standing and text that says "withthecollabrationf V N Teams CALL +977-099 523841, 9848721975, 9810646673 Admission Open Complete Digilal School आदर्श विद्या निकेतन माध्यमिक विद्यालय Adarsha Vidhya Niketan Secondary School 2078 GRADE 11 ADMISSION NOW OPEN Limitea 200 Entrance Form Distribution Dateo Form Submission Entrance Exam 2078 27 (onwards) ENROL NOW Admissions Class Start 07(Time 10:00 05 08 me Onwards) 16 2078 05- onwards Management Only"

ताजा समाचार