शिक्षक प्राविको प्रअ माविको, तह अनुसारको प्रअ तोकिदा आन्दोलन

महेन्द्रनगर। कांग्रेस निकाट नेपाल शिक्षक संघका सुदूरपश्चिम प्रदेश अध्यक्ष बिर्ख बहादुर मल्ल लक्ष्मी मावि खैरभट्टीका प्रधानाध्यापक थिए । दरबन्दी मिलानपछि उनी उक्त विद्यालयका शिक्षक मात्रै रहने भएका छन् । प्रावि तहका शिक्षक भएपनि लामो समयदेखि माविलाई प्रअ भइ सञ्चालन गरिरहेको अवस्थामा दरबन्दी मिलापछि शिक्षकमा मात्रै सीमित हुनुपर्दा उनी आन्दोलनमा होमिएका छन् ।

मल्लको दरबन्दी मिलान विरुद्ध सबैभन्दा चर्काे नारा छ, ‘नगरपालिकाले मापदण्ड विपरित दरबन्दी मिलान गर्यो भन्ने उनको गुनासो छ ।’

शिक्षक संघकै नेता रहेका देव वहादुर खाती प्रावि तहका शिक्षक हुन् । उनले लामो समयदेखि बैजनाथ आधारभुत विद्यालय वनकट्टी प्रअ भएर उक्त विद्यालय चलाई रहेका थिए । उक्त विद्यालयमा निमावि तहको स्थायी शिक्षकको दरबन्दी मिलान भएपछि उनी शिक्षक मात्रै कायम भएका छन् ।

शिव ज्ञानेश्वर आधारभुत विद्यालयका प्रअ रहेका गणेश ऐर पनि प्रावि तहको शिक्षक भइ लामो समयदेखि निमावि तहलाई हाक्दै आएका थिए । पछिल्लो पटक दरबन्दी मिलानपछि उनी शिक्षक मात्रै रहेका छन् ।

‘दरबन्दी मलानले धेरैको प्रअ पद खोसिएको छ त्यहि भएर रुवाबासी चलेको हो,’ लामो समयदेशि अध्यापन पेशामै रहेका एक शिक्षकले भने, ‘ तल्लो तहको शिक्षक माथिल्लो तहमा प्रअ हुदा कार्य सम्पादन मुल्यांकन देखि विद्यालय र शिक्षकको वृत्ति विकास समेत प्रभावित भएको छ ।’

कांग्रेस निकट शिक्षक संघका ८ जना शिक्षकहरु प्रअबाट शिक्षक तथा माथिल्लो तहबाट तल्लो तहमा प्रअ भएका छन् । आफुले चलाउदै आएको प्रअ पद खोसिएका कारण उनीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले आफु अनुकुल दरबन्दी मिलान नभएकोमा बढी क्रोध पोखेका हुन् ।

आन्दोलनमा शिक्षक संघका जिल्ला सचिव नविनसिंह धामीले भने ‘ दरबन्दी मिलनको उदेश्य र मर्म, बिद्यालयको हित बिपरित व्यक्ति छानी छानी मिलन गरेकोमा शिक्षक संघले श्रावण ३ गतेबाट शिक्षा शाखामा तालाबन्दी सहित आन्दोलनको कार्यक्रम जारी छ ‘ उनले थपे ‘हामीले २४ घन्टे अल्टिमेटम सहित ताला खोलेका छौ र हामीले माग गरेको नगर शिक्षा समितिको निर्णय २४ घण्टा भित्र उपलव्ध हुनु पर्छ र नभएमा हामी थप शसक्त आन्दोलनमा अघि बढ्छौ ।’ धामी राहत शिक्षक हुन् ।

भीमदत्त नगरपालिकाका्े शिक्षा शाखाका प्रमुख हरिदत्त जोशीले दरबन्दी मिलानले लामो समयदेखि तल्लो तहको शिक्षकले माथिल्लो तहको विद्यालय चलाउदै आएको समस्या समाधान भएको बताए । यसले विद्यालय र शिक्षकको कार्य सम्पादनको मुल्यांकन समेत अब राम्रो हुने उनले बताए ।

ताजा समाचार