बेलौरी र पुनर्वासमा अखिल (क्रान्तिकारी) को प्रथम नगर सम्मेलन सम्पन्न

महेन्द्रनगर। नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले कञ्चनपुरका पालिका तहमा संगठन विस्तार गरिरहेको छ । शैक्षिक विकृती विसंगति नियन्त्रण एवं भदौ २४ गते हुने जिल्ला सम्मेलन र केन्द्रीय सम्मेलनका लागि भन्दै क्रान्तिकारीले जिल्लाका पालिका स्तरमा संगठन विस्तारमा जुटेको हो ।

सोहि क्रममा आज क्रान्तिकारीले बेलौरी र पुनर्वास नगरपालिकामा प्रथम नगर सम्मेलन सम्पन्न गरेको छ । बेलौरी नगरपालिकामा परशुनारायन चौधरी को नेतृत्वमा ३५ सदस्यीय कमिटी र पुनर्बास नगरपालिकामा सूरज बिस्वकर्मा को नेतृत्व मा ३५ सदस्यीय कमिटी बनेको अखिल क्रान्तिकारीका जिल्ला सचिव किशोर भट्टले जानकारी दिए।

बेलौरीमा नव-निर्वाचित पदाधिकारीहरु:

  • अध्यक्ष : परशु नारायन चौधरी
  • उपाध्यक्ष : सुरीला चौधरी, गोबिन्द भूल, अस्मिता बीस्ट
  • सचिव : कल्पना चौधरी
  • सह सचिव : सिमा भूल, आरती बीस्ट, नरेन्द्र चौधरी
  • कोषाध्यक्ष : रोहित पन्त

पुनर्बासमा नव-निर्वाचित पदाधिकारीहरु:

  • अध्यक्ष : सूरज बिस्वकर्मा
  • उपाध्यक्ष : धर्मेन्द्र राना, सीताराम आचार्य, अस्मिता बि क
  • सचिव : भरत बयाडी
  • सह-सचिव : शिव कुमारी राना, लक्ष्मण राना, अविषेक बि. क.
  • कोषाध्यक्ष : कमला मल्ल

ताजा समाचार