वडा प्रहरी कार्यालय प्रमुख माझीद्धारा मातहतका प्रहरी इकाई कार्यालयको अनुगमन

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर स्थित वडा प्रहरी कार्यालय प्रमुख एवम् प्रहरी निरीक्षक अमर बहादुर माझीले मातहतका प्रहरी इकाई कार्यालयको अनुगमन गरेका छन् ।

वडा प्रहरी कार्यालय मातहतका प्रहरी इकाई कार्यालय तथा कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट,व्यारेक,भान्सा लगाएतको अनुगमन तथा निरीक्षण गरिएको वडा प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

कार्यालयका अनुसार कार्यालय प्रमुख तथा प्रहरी निरीक्षक माझीले प्रहरी इकाई कार्यालयको अनुगमन गर्नुका साथै प्रहरी कर्मचारीलाई सामुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्ने सम्बन्धि आवश्यक निर्देशन समेत दिएका छन् ।

ताजा समाचार