धनगढी । कैलाली बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ । बीएएलएलबी प्रथम सेमेस्टरमा अध्यनरत विद्यार्थीहरुले आफुहरुका माग पुरा नभएको भन्दै आइतबार तालाबन्दी गरेका हुन् ।
क्याम्पस प्रशासनलाई बुधबार तीन बुदे माग गरिएको भएपनि त्यसको कुनै सुनुवाई हुन नसकेको भन्दै आज तालाबन्दी गरिएको कैलाली बहुमुखी क्याम्पसमा बीएएलएलबी प्रथम सेमेस्टरमा अध्यनरत विद्यार्थी तेज जंग मल्ले बताए ।
विद्यार्थीहरुले बुधबार बीएएलएलबीको परीक्षामा नेपाली र अंग्रजीमध्ये भाषा छान्न पाउनुपर्ने र चाडो सबै पुस्तक उपलब्ध गराउनुपर्ने,परीक्षा सञ्चालन गराउनु भन्दा अगाडी एक महिना अगाडी भौतिक रुपमा कक्षा सञ्चालन गर्नुपर्ने माग राखेका थिए ।